बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन

images
सोमबार, वैशाख २९ २०८२
images
हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन

चालु वर्षको वसन्त ऋतुमा सगरमाथासहित विभिन्न २६ हिमाल आरोहणबाट हालसम्म ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा भएको रोयल्टी रकम ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ पुगेको छ।

images
images

काठमाडौं- चालु वर्षको वसन्त ऋतुमा सगरमाथासहित विभिन्न २६ हिमाल आरोहणबाट हालसम्म ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा भएको रोयल्टी रकम ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ पुगेको छ।

images
images
images

यसमध्ये केवल सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ राजस्व प्राप्त भएको छ। वसन्त यामको प्रारम्भदेखि अहिलेसम्म ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

images
images

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ४५ समूहबाट ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि यस वर्ष ५७ विभिन्न देशका आरोही नेपाल आएका छन्।

images
images

सगरमाथापछि आमादब्लममा १० समूहका १०२ जना, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोहीले अनुमति लिएका छन्।

वसन्त याम हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यही कारण यस मौसममा विश्वभरिबाट उल्लेख्य सङ्ख्यामा आरोही नेपाल आउने गर्दछन्। विभागले आरोहण अनुमति जारी प्रक्रिया अझै जारी रहेकाले आरोहीको सङ्ख्या र रोयल्टी रकम थप बढ्न सक्ने अनुमान गरेको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend