शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन

सोमबार, वैशाख २९ २०८२
हिमाल आरोहणबाट ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन

चालु वर्षको वसन्त ऋतुमा सगरमाथासहित विभिन्न २६ हिमाल आरोहणबाट हालसम्म ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा भएको रोयल्टी रकम ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ पुगेको छ।

काठमाडौं- चालु वर्षको वसन्त ऋतुमा सगरमाथासहित विभिन्न २६ हिमाल आरोहणबाट हालसम्म ७७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म जम्मा भएको रोयल्टी रकम ७७ करोड ३५ लाख ८७ हजार ९१५ रुपैयाँ पुगेको छ।

यसमध्ये केवल सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ राजस्व प्राप्त भएको छ। वसन्त यामको प्रारम्भदेखि अहिलेसम्म ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ४५ समूहबाट ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि यस वर्ष ५७ विभिन्न देशका आरोही नेपाल आएका छन्।

सगरमाथापछि आमादब्लममा १० समूहका १०२ जना, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजङ्घामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोहीले अनुमति लिएका छन्।

वसन्त याम हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यही कारण यस मौसममा विश्वभरिबाट उल्लेख्य सङ्ख्यामा आरोही नेपाल आउने गर्दछन्। विभागले आरोहण अनुमति जारी प्रक्रिया अझै जारी रहेकाले आरोहीको सङ्ख्या र रोयल्टी रकम थप बढ्न सक्ने अनुमान गरेको छ। रासस


प्रकाशित : सोमबार, वैशाख २९ २०८२०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend