शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

आजको सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक

images
शुक्रबार, वैशाख १९ २०८२
images
आजको सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य सार्वजनिक

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार (आज) का लागि सागसब्जी, फलफूल, मसला र अन्य कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

images
images

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार (आज) का लागि सागसब्जी, फलफूल, मसला र अन्य कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार काठमाडौँ उपत्यकाको प्रमुख तरकारी तथा फलफूल आपूर्ति केन्द्र कालीमाटीमा व्यापार भइरहेका प्रमुख वस्तुहरूको मूल्य सार्वजनिक गरिएको हो।

images
images
images

थोक मूल्यअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४०, भारतीय ठूलो गोलभेँडा ६०, सानो लोकल गोलभेँडा २५, तराईको सानो गोलभेँडा ४५ रुपैयाँमा बिक्री गर्न सकिनेछ। आलु रातो ३२, भारतीय आलु रातो ३८, भारतीय सुकेको प्याज ३८, स्थानीय गाजर ४० र तराई गाजर २५ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

images
images

त्यस्तै, बन्दा (लोकल) १५, नरिवल बन्दा २०, स्थानीय काउली ३५, सेतो मूला (लोकल) २०, हाइब्रिड मूला ३०, रातो मूला ४५, भन्टा डल्लो ५० र भन्टा लाम्चो ३० रुपैयाँमा प्रतिकिलो बिक्री गर्न सकिनेछ। तने बोडीको अधिकतम थोक मूल्य ८० रुपैयाँ तय गरिएको छ।

images
images

मटरकोसा र घिउ सिमी (हाइब्रिड तथा लोकल) दुवैको मूल्य ७० रुपैयाँ, टाटे सिमी ९०, भटमास कोसा १००, तितो करेला ३५, लौका २०, परबर (लोकल तथा तराई) ६०, चिचिण्डो ५०, घिरौंला ३०, झिगुनी ८०, पाकेको फर्सी ५०, हरियो फर्सी (लाम्चो तथा डल्लो) ३०–३० र भिण्डी ६० रुपैयाँ तोकिएको छ।

त्यस्तै, सखरखण्ड ६०, बरेला ५०, पिँडालु ९०, स्कूस ५०, रायो साग ६०, पालुङ्गो, चमसुर र मेथीको साग १००–१०० रुपैयाँ, तोरीको साग ३५, हरियो प्याज ५०, बकुला ५०, तरुल १००, कन्य च्याउ २३०, डल्ले च्याउ ३५० र कुरिलो ६०० रुपैयाँ कायम गरिएको छ।

मूल्यसूचीमा ब्रोकाउली १००, चुकुन्दर ६०, सजीवन १००, कोइरालो २५०, रातो बन्दा ६०, जिरीको साग ६५, ग्याठकोभी ६०, सेलरी २००, पार्सले ३००, सौफको साग १२०, पुदिना २५०, गान्टे मूला ५०, इमली १७०, तामा १००, तोफु १४० र गुन्द्रुक ३५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २५०, स्याउ (फूजी) ३४०, केरा (दर्जन) १६०, कागती २९०, अनार ३५०, हरियो अङ्गुर २००, कालो अङ्गुर २५०, भारतीय सुन्तला १४०, तरबुजा (हरियो) ५०, मौसम २००, जुनार २००, भुइँकटहर २०० (प्रतिकोटा), काँक्रो (लोकल) ६०, हाइब्रिड काँक्रो ४०, कटहर १००, निबुवा ५०, चाइनिज नासपाती २६०, मेवा (नेपाली) ५०, भारतीय मेवा १२०, अम्बा १२०, लप्सी ८०, उखु (प्रतिकोटा) ८०, स्ट्रबेरी (भुइँऐसेलु) २५०, किबी ४५०, आभोकाडो ६५० र अमला १०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

मसलातर्फ अदुवा १३०, हरियो खुर्सानी ७०, बुलेट खुर्सानी ७०, माछे खुर्सानी ६०, अकबरे खुर्सानी ४००, भेडे खुर्सानी ८०, हरियो लसुन १००, हरियो धनियाँ १८०, सुकेको लसुन (चाइनिज) ३२०, नेपाली लसुन ३०० रुपैयाँ प्रतिकिलोमा थोक मूल्य निर्धारण गरिएको छ।

ताजा माछा पनि मूल्यसूचीमा समावेश गरिएको छ। रहु माछा ३२०, बचुवा २६०, छडी माछा २४०, रुख टमाटर १६०, राजा च्याउ ३००, सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।

समितिले निर्धारण गरेको मूल्य थोक बजारमा कारोबार हुने अधिकतम मूल्य हो। खुद्रा बजारमा भने ढुवानी, भाडा र खुद्रातर्फको थप मुनाफा समेटेर मूल्य थोरै बढ्न सक्ने समितिले जनाएको छ। समितिले प्रत्येक दिन बिहान तोकिएको मूल्य वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend