काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ८८ हजार ३०० कायम भएको छ। आइतबार सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाा थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको महासंघले जनाएको छ। मूल्य घटेसँगै आज एक हजार ९७० कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। रासस