शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

तरबूजा खेतीबाट जीविका चलाउँँदै कञ्चनपुरका किसान, पाउँदैनन् सरकारकाे सहयोग

images
सोमबार, वैशाख १५ २०८२
images
तरबूजा खेतीबाट जीविका चलाउँँदै कञ्चनपुरका किसान, पाउँदैनन् सरकारकाे सहयोग

स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छ।

images
images

कञ्चनपुर- जिल्लाकाे शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन्। विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका हुन्।

images
images
images

माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि तयार हुन्छ। ‘पहिला साइकल र गोरुगाडामा राखेर गाउँगाउँ डुलाएर गहुँसँग साट्दै तरबूजा बिक्री गर्नु पथ्र्यो’, उनी भन्छन्, ‘हाल अटोमा राखेर सिधै महेन्द्रगर, झलारी, अत्तरियालगायत बजारमा लगेर बिक्री गर्छौ, तरबूजा बिक्री गरेको पैसा हातोहात पाइन्छ।’

images
images

बगरमा तरबूजा खेती गर्न वडा नं. ३ का जोनापुर, पिपलाडीका बासिन्दा मात्रै संलग्न छैनन्। वडा नं. ४ असैनाका स्थानीय बासिन्दाले पनि तरबूजा लगाएका छन्। उनीहरुले बगर बराबर भागबण्डा गरी तरबूजा, लौका, काँक्रा, फर्सीलगायत लहरे बाली लगाउने गर्छन्।

images
images

एक परिवारलाई भागमा ४ देखि ५ कठ्ठासम्म परेको स्थानीय बुधराम चौधरीले बताए। भागमा परेको बगरमा तरबूजालगायत खेती गरी प्रत्येक परिवारले एक सिजनमा १ लाखदेखि १ लाख २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। बगरमा माघको पहिलो हप्तादेखि तरबूजा, लौका, काँक्रा रोप्ने गरिन्छ।

‘फागुनदेखि नै काँक्रा र लौका बेच्न सुरु गर्छौँ’, लालु चौधरीले भन्छन्, ‘तरबूजा बेच्न भने चैतको अन्तिम हप्तासम्म पर्खिनुपर्ने हुन्छ।’ बगरमा उत्पादित लौका, काँक्रा, तरबूजा जोगाउन निकै सास्ती खेप्नुपर्ने अवस्था छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीमा बगर खेती गरिएकाले जंगली जनावरले हैरानी दिने गरेको किसान लालुको गुनासो छ।

उनीहरु माघदेखि नै झुपडी बनाएर बगरमा बस्ने गरेका छन्। ‘बगरमा लगाएका विरुवा हुर्काउन सिँचाइ गर्ने, मल राख्ने, गोडमेल गर्ने, छेकबार निर्माण गर्नमै दिन बित्ने गरेको छन्’ अर्का स्थानीय छल्ली चौधरीले भने। रातिका बेला जंगली जनावरबाट बिरुवा र त्यसमा लागेका फलहरु जोगाउन सास्ती हुन्छ।

अझै पनि किसानलाई यी खेतीका लागि बीउ खरिद गर्न भारतीय बजारकै भर पर्नुपर्ने अवस्था छ। अरुर किसानलाई अनुदान दिए जस्तै बीउ, रासायनिक मल, किटनाशक र सिँचाइ गर्ने साधनमा अनुदान दिनुपर्ने माग किसानले गरेका छन्।भारतीय नागरिकले बगरमा गरेको खेती हेरेर यहाँका किसानले खेती थालेका हुन्।

बगर खेतीको आम्दानीले वर्षभरिको घरायसी खर्चसँगै बालबालिकाको विद्यालय खर्च धानिँदै आएको स्थानीय हिंगलाल चौधरीको भनाइ छ। ‘१५ वर्षदेखि बगरमा खेती गर्दै आएका छौँ’ उनले भने, ‘सहयोग कतैबाट पाइएको छैन, आफ्नै बलबुतामा खेती गर्दै आएका छौँ।’ स्याली, सनवोरा, दोदा नदीको बगरमा खेती गर्ने किसानको सङ्ख्या दुई सय बढी छ। रासस


प्रकाशित : सोमबार, वैशाख १५ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend