काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा यस बैंकले १ अर्ब ६६ करोड खुद नाफा गरेको छ।
जुन गत आर्थिक वर्षको तुलनामा कम हो। गत आर्थिक वर्षको ९ महिनामा सिद्धार्थ बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको थियो।
गत आर्थिक वर्षको तुलनामा सिद्धार्थ बैंकको ब्याज आम्दानीसमेत घटेको छ। गत वर्षको चैतसम्म बैंकले ६ अर्ब १ करोड खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा झन्डै दोबरले बढेको छ। गत आर्थिक वर्ष २.५२ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर यस वर्ष ४.०४ प्रतिशत पुगेको छ। खराब कर्जाको असर बैंकको पुँजीकोषमा देखिएको छ।
गत आर्थिक वर्षको तुलनामा बैंकको प्राथमिक पुँजीकोष अनुपात घटेको छ। यस अवधिमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.१९ प्रतिशतमा आएको छ। गत आर्थिक वर्षको यसै अवधिमाम बैंकको यस्तो अनुपात ९.२३ प्रतिशत रहेको थियो।
यस अवधिमा बैंकको वितरणयोग्य आम्दानी करिब १८ करोड ८४ लाख पुगेको छ। बैंकले डिवेन्चर कोषमा निकै ठूलो रकम राख्दै आएकोले पनि वितरणयोग्य नाफामा कमी देखिएको हो।