शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ४ २०८२
गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिकहरू भारत हुँदै आउने गरेका छन्।

कञ्चनपुर- पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। 

अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताएका छन्। 'यहाँबाट अहिले विदेशी पर्यटक भित्रिने क्रम बढ्दो छ,' उनले भने, 'यो वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ।'

जोशीका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन्। सन् २०२५ को हालसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन्।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताए। यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिकहरू भारत हुँदै आउने गरेका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख ४ २०८२०९:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend