शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

होटल हयातमा तारागाउँ विकास समितिको सेयर ६० प्रतिशतले घट्दा सर्राफ तथा श्रेष्ठको सेयर ३६ प्रतिशतले मात्रै घट्यो

बैंक तथा वित्तीय संस्थाको बहुमत सेयर पुग्दा अन्यको कसरी घट्यो?

बुधबार, वैशाख ३ २०८२
होटल हयातमा तारागाउँ विकास समितिको सेयर ६० प्रतिशतले घट्दा सर्राफ तथा श्रेष्ठको सेयर ३६ प्रतिशतले मात्रै घट्यो

यसैगरी २०६४ सालमा होटलले ५८ करोड ५० लाख ऋणलाई साधरण सेयरमा र ब्याज रकममध्यको २१ करोड २० लाखलाई परिवर्त्य अग्राधिकार सेयरमा परिवर्तन गराउँदा बैंक तथा वित्तीय संस्थाको सेयर बढेको र संस्थापक तथा सर्वसाधरणको सेयर घटेको होटलको दाबी छ।

काठमाडौं- तारागाउँ विकास समितिको ३ सय ४ रोपनी जग्गामा फैलिएको तारागाउँ रिजेन्सी होटलमा बैंक तथा वित्तीय संस्था र अन्य 'घ' वर्गको सेयर सबैभन्दा बढी हुन पुगेको छ।

तारागाउँ रिजेन्सी होटलमा बैंक तथा वित्तीय संस्था र अन्य वर्गको सेयर सुरुमा १९.७० प्रतिशत रहेको थियो। अहिले उक्त सेयर बढेर ५४.७३ प्रतिशत पुगेको छ। यसबाहेक अन्यको सेयर भने घटेको छ। 

सुरुमा तारागाउँ रिजेन्सीमा तारागाउँ विकास समितिको २२.८५ प्रतिशत सेयर रहेको थियो। तर उक्त सेयर अहिले ९.०१ मा आइपुगेको छ। तारागाउँ विकास समितिको सेयर ठूलो मात्रामा घट्नुको प्रमुख कारण २०६१ सालनमा होटलले पुँजी विस्तारका लागि भन्दै जारी गरेको ५:३ अनुपातको १० लाख २० हजार कित्ता सेयर खरिद नगर्नु हो।

हकप्रद सेयर जारी गर्दै होटलको पुँजी ७४ करोड ४० लाख ८७ हजार ५ सय रुपैयाँबाट बढाएर १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बनाइएको थियो। हकप्रद सेयर खरिद गरेको भए तारागाउँ विकास समितिको सेयर १७ प्रतिशतमा आउने थियो। तर होटलले सेयर खरिद नगर्दा होटलको सेयर १५.६२ प्रतिशतमा घटेको छ।

यसैगरी २०६४ सालमा होटलले ५८ करोड ५० लाख ऋणलाई साधरण सेयरमा र ब्याज रकममध्यको २१ करोड २० लाखलाई परिवर्त्य अग्राधिकार सेयरमा परिवर्तन गराउँदा बैंक तथा वित्तीय संस्थाको सेयर बढेको र संस्थापक तथा सर्वसाधरणको सेयर घटेको होटलको दाबी छ। 

जसका कारण तारागाउँ विकास समितको सेयर १५.६२ प्रतिशतबाट १०.१५ प्रतिशतमा झरेको सरकारी अध्ययन रिपोर्टमा उल्लेख छ।

यसैगरी २६४ सालमा जारी गरिएको परिवर्त्य अग्राधिकार सेयरलाई २०७१ सालमा साधारण सेयरमा परिवर्तन गराइ बैंक तथा वित्तीय संस्थाको सेयर प्रतिशत थप बढाएको र संस्थापक र साधरण सेयरधनीहरूको सेयर थप घटाएको होटलको दाबी छ। जसका कारण तारागाउँ विकास समितिको सेयर पुन: १०.१५ बाट घटेर ९.०१ प्रतिशतमा झरेको होटलको दाबी छ।

यसैगरी होटल हयातमा सुरुमा संयुक्त लगानी साझेदार (सर्राफ र श्रेष्ठ)को सेयर ४१.३३ प्रतिशत थियो। उक्त सेयर अहिले घटेर २६.०८ प्रतिशतमा आइपुगेको छ।

तारागाउँ रिजेन्सी होटलमा कसको कति प्रतिशत सेयर.png

सबैभन्दा पहिलोपटक २०६१ सालमा होटलको पुँजी विस्तार गर्नका लागि हकप्रद सेयर जारी भएपछि होटलको सेयर ४५.२० प्रतिशत पुगेको थियो।

यसैगरी २०६४ सालमा ५८ करोड ५० लाख ऋणलाई साधरण सेयरमा र ब्याज रकममध्यको २१ करोड २० लाखलाई परिवर्त्य अग्राधिकार सेयरमा परिवर्तन गराउँदा बैंक तथा वित्तीय संस्थाको सेयर बढेको सर्राफ तथा श्रेष्ठको सेयर २९.३८ प्रतिशतमा झरेको थियो।

यसैगरी २०७१ सालमा २०६४ सालमा जारी गरिएको परिवर्त्य अग्राधिकार सेयरलाई साधारणमा सेयरमा परिवर्तन गर्दा सर्राफ तथा श्रेष्ठको सेयर २९.३८ प्रतिशतबाट घटेर २६.०८ प्रतिशतमा आइपुगेको होटलको दाबी छ।

यसैगरी सुरुमा बैंक तथा वित्तीय संस्थाको सेयर १९.७० प्रतिशत रहेकोमा अहिले बढेर ५४.७३ प्रतिशत भएको छ भने सर्वसाधरण सेयर १६.१३ बाट घटेर अहिले १०.१८ प्रतिशतमा आइपुगेको छ। यसबाट के पुष्टि हुन्छ भने होटल हयातमा सबैको सेयर घटिरहेको छ भने बैंक तथा वित्तीय संस्थाको सेयर बढी रहेको छ।

यस्तो सेयर संरचना परिवर्तनको विवरण

सुरुवाती सेयर संरचना

a.jpg

हकप्रद सेयर जारी पछिको सेयर संरचना

b.jpg

बैंक तथा वित्तीय संस्थाको ऋण तथा ब्याजलाई परिवर्त्य अग्राधिकार सेयरमा परिवर्तन पछि

c.jpg

ऋणको पुनर्तालिकीकरणपछि

d.jpg

छानबीन समितिले भन्यो - अस्वभाविक सञ्चालन खर्च देखाउँदै सरकारको सेयरमात्रै घटाएन कर असुलीमा समेत गडबढी छानबीन समितिले भन्यो - अस्वभाविक सञ्चालन खर्च देखाउँदै सरकारको सेयरमात्रै घटाएन कर असुलीमा समेत गडबढी


प्रकाशित : बुधबार, वैशाख ३ २०८२१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend