बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
अझै टेकोमै अडिएको छ पाटनको बस्ती [फोटो फिचर]

अझै टेकोमै अडिएको छ पाटनको बस्ती [फोटो फिचर]

बिजनेस न्युज

काठमाडौं- २०७२ सालको भूकम्पपछि देशभर पुन:निर्माणको लहर आयो। बस्ती बस्तीमा नयाँ नयाँ घर बने। तर ललितपुर पाटनको बस्ती भूकम्प गएको ६ वर्षपछि पनि अझै टेकोकै भरमा अडिएको छ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्ती मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोका टोलका घरमा लगाइएको टेको हटेको छैन। कतिपय ठाँउमा लगाइएको टेको पुरानो भएको र भाँचिएको समेत देखिन्छ।

सरकारले भूकम्प पछिको पुन:निर्माणको लागि गठन भएको राष्ट्रिय  पुननिर्माण प्राधिकरण आफ्नो समयावधी सकिएर खारेज भइसक्यो। तर पाटनको बस्तीलाई अझै पुन:निर्माणले छोएको छैन। यसरी लगाइएका टेकोहरू किन हट्न सकेन, टेको लगाइएका घरहरूको पुन:निर्माण किन भएन त? पाटनका बस्ती घुमेर न्युज एजेन्सी नेपालले केही तस्बिरहरू लिएको छ-

patan basti (1).jpg
patan basti (3).jpg
patan basti (4).jpg
patan basti (5).jpg
patan basti (6).jpg
patan basti (8).jpg
patan basti (9).jpg
patan basti (10).jpg
patan basti (11).jpg

patan basti (2).jpg


प्रकाशित : शनिबार, माघ २२ २०७८०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend