बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
हिउँ खेल्नुको मज्जा [तस्बिरहरू]

हिउँ खेल्नुको मज्जा [तस्बिरहरू]

काठमाडौं- गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ। राजधानीको पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा शुक्रबार बिहानैदेखि हिमपात भएको हो।

चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए। गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो। पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा हजारौँ युवायुवती हिउँ खेल्न पुगेका थिए। शुक्रबार पनि हिउँ खेल्ने पर्यटक बढेका छन्।

snowfall chandragiri (1).jpg

पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ।

यस्तै हिँउ परेकाकारण त्रिभुवन राजपथसमेत अवरुद्ध हुन पुगेको छ। गएरातिदेखि परेको वर्षाका कारण उक्त राजपथअन्तर्गतको सिमभन्ज्याङमा बाक्लो हिँउ पर्दा बाटो अवरुद्ध भएको हो। हिमपातका कारण काठमाडौँबाट हेटौँडातर्फ प्रस्थान गर्ने सवारीसाधन बाटोमा रोकिएको प्रहरीले जनाएको छ।

snowfall chandragiri (2).jpg
snowfall chandragiri (3).jpg
snowfall chandragiri (4).jpg
snowfall chandragiri (5).jpg
snowfall chandragiri (7).jpg
snowfall chandragiri (8).jpg
snowfall chandragiri (9).jpg
snowfall chandragiri (10).jpg

तस्बिरहरू : प्रदीपराज वन्त/रासस


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend