शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

पुसमा भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स, वृद्धिदर भने घट्यो

images
आइतबार, माघ २० २०८१
images
पुसमा भित्रियो १ खर्ब २२ अर्ब रेमिट्यान्स, वृद्धिदर भने घट्यो

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको मंसिर र पुसमा रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ। गत मंसिरमा २४.२ प्रतिशतले बढेको रेमिट्यान्स आम्दानी यस वर्षको सोही अवधिमा ४.४ प्रतिशतले मात्रै बढेको छ।

images
images
images

यस्तै गत पुसमा २२.२ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्षको सोही अवधिमा ४.१ प्रतिशतले मात्रै बढेको छ। चालु आर्थिक वर्षको मंसिरमा १ खर्ब १९ अर्ब रूपैयाँ रेमिट्यान्स आएकोमा पुसमा १ खर्ब २२ अर्ब रूपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

images
images

गत वर्ष अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स बढी आएकाले पनि यस वर्ष वृद्धिदर कम देखिएको हो। यस्तै दसैँतिहारको समयमा बढी रेमिट्यान्स पठाएकाले पनि मंसिर र पुसमा केही कमी देखिएको अनुमान गरिएको छ।

रेमिट्यान्समा कमी आएपनि नेपालको अर्थतन्त्रले अपेक्षित गति लिन नसकेकाले विदेशी मुद्रा सञ्चिति भने पर्याप्त रहनुका साथै मुलुकको बाह्य क्षेत्र मजुबुत स्थितिमा छ। मुल्यवृद्धि दर पनि सरकारले तोकेको सिमाभित्रै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तमा श्रम स्वीकृत र पुनर्श्रम स्वीकृति लिनेको संख्यामा भने वृद्धि देखिएको छ।


प्रकाशित : आइतबार, माघ २० २०८११७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend