शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३
हिउँले ढाकियो सिमकोट विमानस्थल

हिउँले ढाकियो सिमकोट विमानस्थल

सिमकोट- हुम्लामा हिमपात हुँदा विमानसेवा प्रभावित भएको छ। हिमपातका कारण सिमकोट विमानस्थलबाट उडान हुन सकेको छैन।

हिमपातकै कारण सीता एयरका दुईवटा जहाज विमानस्थलमै रोकिएका छन्। खाद्यान्न ढुवानी गरिरहेका जहाज सिमकोट विमानस्थलमा हिमपातका कारण रोकिएका हुन्।

आइतबार साँझदेखि नै सिमकोटसहितका क्षेत्रमा हिमपात भइरहेको हो। हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ। 

simkot snow (2).jpg
simkot snow (3).jpg
simkot snoww.jpg
SimkotAirUdana.jpg
हिमपातले उडान भर्न नसकेका सीता एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमा रोकिएका थिए। तस्बिर:दाने बोहरा/रासस


प्रकाशित : सोमबार, माघ १० २०७८११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend