शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कोहलपुर-सुर्खेत-बाङ्‍गेसिमल सडक स्तरोन्नतिमा साढे ६ अर्ब लाग्ने, १० हजार ८ सय रुख काट्नुपर्ने

शुक्रबार, मंसिर २८ २०८१
कोहलपुर-सुर्खेत-बाङ्‍गेसिमल सडक स्तरोन्नतिमा साढे ६ अर्ब लाग्ने, १० हजार ८ सय रुख काट्नुपर्ने

प्रस्तावित आयोजनाको सडक खण्डलाई दुई लेन कालोपत्रे सडकमा स्तरोन्नति गरिने छ। ५.५ मिटर चौडाइ औसत रहेको सडकलाई ७ मिटर बनाइने रिपोर्टमा उल्लेख छ।

काठमाडौं- रत्न राजमार्गअन्तर्गतको कोहलपुर-सुर्खेत-बाङ्‍गेसिमल सडकखण्ड स्तरोन्नति हुने भएको छ। स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक भएको छ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाख प्रस्तावक रहेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो। मन्त्रालयले सोहीअनुसार सात दिनभित्र राय सुझावका लागि भन्दै रिपोर्ट सार्वजनिक गरेको छ।

९०.७५ किलोमिटर सडक स्तरोन्नतिका लागि ६ अर्ब ५० करोड ९५ लाख ९४ हजार ५८ रुपैयाँ लागत अनुमान गरिएको छ। स्तरोन्नतिका लागि प्रस्तावित सडक बाँके, बर्दिया र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तह भएर जाने सडक हो। 

सडक स्तरोन्नतिका लागि थप जग्गा अधिकरण गर्नु नपर्ने रिपोर्टमा उल्लेख छ। आयोजनाको ५० मिटर क्षेत्राधिकारभित्र पर्ने कुल सडकको क्षेत्रफल ४५४.७० हेक्टर रहेको छ।

प्रस्तावित आयोजनाको सडक खण्डलाई दुई लेन कालोपत्रे सडकमा स्तरोन्नति गरिने छ। ५.५ मिटर चौडाइ औसत रहेको सडकलाई ७ मिटर बनाइने रिपोर्टमा उल्लेख छ।

३८ वटा जिर्ण पुल पनि स्तरोन्नति हुने रिपोर्टमा उल्लेख छ। आयोजनाको काम गर्दा १० हजार ८ सय ८६ वटा रुख कटान हुने जनाइएको छ।


प्रकाशित : शुक्रबार, मंसिर २८ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend