शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पर्वतको लुङ्खु-हुवास सडक धमाधम कालोपत्र हुँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २६ २०८१
पर्वतको लुङ्खु-हुवास सडक धमाधम कालोपत्र हुँदै

कुश्मा-फलेवास १६ दशमलव सात किमी सडक पाँच वर्षअघि नै कालोपत्र गरिएको हो भने लमायखोला-लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो। यो सडक खण्डको शेराबेँसी-गेडीखोलामा पक्की पुल निर्माण भएको छ।

पर्वत- दोविल्ला-फलेवास-लुङ्खु-हुवास सडकअन्तर्गत लुङ्खु-हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ। 

एसियाली विकास बैंकको ऋण सहयोगमा सरकारले उक्त सडक निर्माण थालेको हो। निर्माणाधीन १५ किलोमिटरमध्ये नौ किलोमिटर सम्पन्न भइसकेको छ भने बाँकी आगामी दुई महिनाभित्र सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको तयारी भइरहेको छ। हुवास-भोर्ले कालोपत्र पूरा भएको छ भने मङ्गलबारदेखि पाखापानीतर्फको काम प्रारम्भ भएको छ। 

महाशिला गाउँपालिकाको लुङ्खुदेखि पैँयू गाउँपालिकाको केन्द्र हुवासस्थित हातेमालो चोकसम्म ३६ करोड ९६ लाख ९३ हजार छ सय ८५ लागतमा सडक कालोपत्र हुने भएको हो। उक्त सडक कालोपत्र नहुँदा वर्षायाममा पैँयु र विहादी गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर कुस्मा आउनुपर्ने बाध्यता थियो।  

कुश्मा-फलेवास १६ दशमलव सात किमी सडक पाँच वर्षअघि नै कालोपत्र गरिएको हो भने लमायखोला-लुङ्खु १३ किमी गत वर्ष पूरा भएको हो। यो सडक खण्डको शेराबेँसी-गेडीखोलामा पक्की पुल निर्माण भएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर २६ २०८११०:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend