शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २६ २०८१
म्याग्दीको कृषि सडक कालोपत्र गर्न धमाधम तयारी गरिँदै

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि एक करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

म्याग्दी- बेनी-हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जा-१० किलोमिटर कृषि सडक कालोपत्र गर्न धमाधम स्तरोन्नतिको काम सुरु भएको छ।

जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर सञ्जय सुवेदीका अनुसार बगरफाँट-दूधेखोला साढे दुई किलोमिटर सडक चौडा बनाउनका साथै पानीको निकासका निम्ति नाली निर्माण गरी ‘ग्राभेल’सहित स्तरोन्नति थालिएको हो।

योजनाअन्तर्गत कोटखोलाबाट साढे दुई किलोमिटर सडकलाई आठ मिटर चौडा बनाइने छ भने दूधेखोला-भकिम्ली खण्डमा तीन सय ९० मिटर  ढलान गरिने छ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट कृषि सडकका लागि एक करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

हाँडेभिर-बगरफाँट दुई किलोमिटर कालोपत्र भइसकेको छ। सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा छ सय ५० मिटर र थामडाँडामा सय मिटर नयाँ मार्ग खोलिएको छ।

उक्त सडक बेनी नगरपालिका-२ बगरफाँट हुँदै पश्चिम मालिका गाउँपालिका-४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको इन्जिनियर सुवेदीले बताए। रासस


प्रकाशित : बुधबार, मंसिर २६ २०८११०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend