शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बेनी-पुलाचौर ५ किलोमिटर सडक ८२ लाख रुपैयाँको लागतमा कालोपत्र

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २३ २०८१
बेनी-पुलाचौर ५ किलोमिटर सडक ८२ लाख रुपैयाँको लागतमा कालोपत्र
फाइल तस्बिर

एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ।

म्याग्दी- बेनी-पुलाचौर पाँच किलोमिटर सडक ८२ लाख रुपैयाँको लागतमा पक्की बनाइएको छ। बेनी-अर्थुङ्गे-बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो। 

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो। बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र  एक सय मिटर ढलान भएको छ।

एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ। 

बेनी-पाखापानी सडक योजनामा विनियोजन भएको तीन करोड बजेटमध्ये एक करोड ५० लाख रुपैयाँको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए। रासस

प्रकाशित : आइतबार, मंसिर २३ २०८११०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend