शुक्रबार, मंसिर २८ गते २०८१    
images
images

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल निर्माण

images
बिहीबार , कात्तिक २९ २०८१
images
images
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल निर्माण

भारी सवारीसाधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ।

images
images

नुवाकोट- विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा आठ करोड रूपैयाँको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो।

images
images
images

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारीसाधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ। 

images

एघार मिटर चौडा भएको दुई ‘लेन’को पुल निर्माणको लागि सरकारको आठ करोड रूपैयाँ लगानी भएको छ।

images

‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन्।

यसअघिको ट्रस ब्रिज आठ मेट्रिक टन क्षमताको एक लेनको थियो। यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक २९ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend