बुधबार, असार ११ गते २०८२    
बुधबार, असार ११ २०८२
images
images

बाढीपहिरो र डुबानमा परी देशभर एकसय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

images
आइतबार, असोज १३ २०८१
images
images
बाढीपहिरो र डुबानमा परी देशभर एकसय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

बाढीपहिराले तीनसय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा उल्लेख छ।

images
images

काठमाडौं- बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एकसय ४८ जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्‌मा परी एकसय एकजना घाइते भएका छन् । 

images
images
images

बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पाँचथर र भक्तपुरमा पाँच/पाँच जनाले ज्यान गुमाएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

images
images

उनका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा दुई, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एकजनाको मृत्यु भएको छ।

images
images
images

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ६६१ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले बताए।

यसैगरी बाढीपहिराले तीनसय २२ वटा घरमा क्षति र १६ पुल बगाएको सशस्त्र प्रहरी बलले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा उल्लेख छ। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend