मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

बाढी र पहिरोका कारण १३२ जनाको मृत्यु, ६४ जना बेपत्ता, ८६ जना घाइते

images
आइतबार, असोज १३ २०८१
images
images
बाढी र पहिरोका कारण १३२ जनाको मृत्यु, ६४ जना बेपत्ता, ८६ जना घाइते

प्रभावित क्षेत्रमा नागरिकको उद्दार, राहत तथा घाइतेहरुको उपचारका लागि अस्पताल पुर्‍याउनेलगायतका कार्यमा सुरक्षाकर्मीहरु सक्रिय भएर लागिपरेको गृहले जनाएको छ।

images
images

काठमाडौं- बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।

images
images
images

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ।

images
images

त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ८६ जना घाइते भएका छन् भने हालसम्म मुलुकभरबाट ३ हजार ६ सय २६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ।

images
images
images

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलाञ्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १ सय ९३ जनाको सकुशल गरिएको छ। नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरुको उद्दारका लागि दुई दिनदेखि हवाई उद्दार गरिरहेको छ।

विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक खुलाउन सबै संयन्त्रहरु परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। 

प्रभावित क्षेत्रमा नागरिकको उद्दार, राहत तथा घाइतेहरुको उपचारका लागि अस्पताल पुर्‍याउनेलगायतका कार्यमा सुरक्षाकर्मीहरु सक्रिय भएर लागिपरेको गृहले जनाएको छ। 


प्रकाशित : आइतबार, असोज १३ २०८११४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend