मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

images
आइतबार, असोज १३ २०८१
images
images
हेटौँडा-काठमाडौं जोड्ने सबै सडक अवरुद्ध
फाइल तस्बिर।

बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा-काठमाडौंं खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

images
images

मकवानपुर- हेटौँडाबाट काठमाडौं जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ।

images
images
images

बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा-काठमाडौंं खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

images
images

प्रहरीका अनुसार पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं, कुलेखानी-फाखेल-काठमाडौं, कुलेखानी-मातातीर्थ-काठमाडौं र त्रिभुवन राजपथ अवरुद्ध भएको हो।

images
images
images

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) तीर्थराज चिलुवालले त्रिभुवन राजपथ आज साँझसम्म सञ्चालनको तयारीअनुरुप काम भइरहेको बताए। उनका अनुसार त्रिभुवन राजपथबाहेक अन्य सडक भने सञ्चालनमा आउन केही समय लाग्नेछ।

प्रहरीले पहिरो पन्छ्याउन स्थानीय तह, सडक विभागसँग समन्वय भइरहेको उनले बताए। रासस


प्रकाशित : आइतबार, असोज १३ २०८११२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend