मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

त्रिशूलीको बाढीले झोलुंगे पुल बगायो, तीन उच्च जोखिममा

images
शनिबार, असोज १२ २०८१
images
images
त्रिशूलीको बाढीले झोलुंगे पुल बगायो, तीन उच्च जोखिममा
फाइल तस्बिर

बाढीका कारण गोरखाको सहिद लखन-३ सिलिङ र चितवनको कुरिनटार जोड्ने झोलुंगे पुल उच्च जोखिममा परेका छन्।

images
images

गोरखा- अविरल वर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुंगे पुल बगाएको छ भने अन्य तीन झोलुंगे पुल बाढीको उच्च जोखिममा परेका छन्।

images
images
images

गोरखा र धादिङ तथा गोरखा-चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुंगे पुलमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

images
images

बाढीले आज बिहान गोरखाको सहिद लखन गाउँपालिका-४ ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुंगे पुल बगाएको उनले बताए। बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो।

images
images
images

सोही नदीमा आएको बाढीका कारण थप तीन पुल बाढीको उच्च जोखिममा परेको श्रेष्ठको भनाइ छ। बाढीका कारण गोरखाको सहिद लखन-३ सिलिङ र चितवनको कुरिनटार जोड्ने झोलुंगे पुल उच्च जोखिममा परेका छन्।

त्यस्तै गोरखाको गण्डकी गाउँपालिका-७ धवादीघाट र धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका-६ स्थित हिक्लुङ्गमा रहेको झोलुंगे पुल पनि बाढीको जोखिममा परेको उनले बताए। उक्त झोलुंगे पुल गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि भर्खरै मात्र मर्मत गरिएको थियो।

सोही ठाउँमा रहेको अर्को एक झोलुंगे पुल समेत बाढीको उच्च जोखिममा रहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। बाढीको जोखिममा रहेका सबै पुलबाट अहिले आवातजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८११३:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend