मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

पहिरो खस्दा ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो

images
शनिबार, असोज १२ २०८१
images
images
पहिरो खस्दा ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो
फाइल तस्बिर

बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ।

images
images

पाटन- अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छभने गोदावरी नगरपालिका-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ।

images
images
images

गोदावरी नगरपालिका-१० का वडध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ। गोदावरी-३ का वडाध्यक्ष सानुराजा घिमिरेले गोदावरी-३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको जानकारी दिए। उनका अनुसार गोदावरी कुण्ड नजिकैको घर पहिरोको उच्च जोखिममा रहेको छ।

images
images

महाङ्काल गाउँपालिका-३ मा तीन वटा घरसहित प्रहरी चौकी बाढीले बगाएको महाङ्काल-३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुलीले बताए। 'वैतर्णीधाम मन्दिर र प्रहरी चौकी बगाएको छ, चौकीका सवारीसाधनसहित तीन वटा घर पनि बगेका छन्। त्यहाँ पाँच जना थिए। उनीहरु सम्पर्क छैनन्', उनले भने। प्रहरीहरु भने सुरक्षित स्थानतर्फ गएको उनले बताए।

images
images
images

बागमती गाउँपालिका-६ आश्राङमा एउटा गोठ बगाउँदा १६ वटा पशुचौपाया बगाएको वडाध्यक्ष नारायण भोम्जनले जानकारी दिए। 'हालसम्म मानवीय क्षति भएको छैन', उनले भने।

बागमती गाउँपालिका-३ स्थित भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार कान्ति लोकपथ पूर्ण रुपमा बन्द भएको छ।

बागमती पुलमा क्षति भएको छ, खानीखोला हाइड्रोपावर डुबानमा परेको छ, बागमती ३ नं वडा कार्यालय जोखिममा छ भने वडा नं ५ का रणबहादुर दर्लामीको घर खोलाले बगाएको छ। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८११२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend