मंगलबार, असार १० गते २०८२    
मंगलबार, असार १० २०८२
images
images

हेवा खोलामा आएको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

images
शनिबार, असोज १२ २०८१
images
images
हेवा खोलामा आएको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

फिदिम नगरपालिका-४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए।

images
images

पाँचथर- अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’ बगाएको छ।

images
images
images

फिदिम नगरपालिका-४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिए।

images
images

उनका अनुसार बाढीले हिलिहाङ गाउँपालिकातर्फको पर्खाल भत्काएपछि बेलिब्रिज बगाएको हो। गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाएपछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो।

images
images
images

‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ। रासस


प्रकाशित : शनिबार, असोज १२ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend