बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
चितवन राष्ट्रिय निकुञ्जमा गोहीदेखि हरिणसम्म [तस्बिरहरू]

चितवन राष्ट्रिय निकुञ्जमा गोहीदेखि हरिणसम्म [तस्बिरहरू]

चितवन- चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लाका केही भू-भागहरूमा फैलिएको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज विभिन्न जिवजन्तु र चराचुरूङ्‍गीका लागि उपयुक्त बासस्थान बनिरहेको छ। 

९५२.६३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेको छ निकुञ्जले चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्रहरूलाई पनि समेटेको छ। जहाँ गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन्। 

यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५ सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरूले निकुञ्जलाई अझ धनी बनाएका छन्। यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जमा देखिएका गोही, जङ्गली बँदेल, मृग, मयूर र हरिणका तस्बिरहरू : (सबै तस्बिर- प्रदीपराज वन्त/रासस)

chitwan national park (2).jpg
chitwan national park (3).jpg
chitwan national park (4).jpg
chitwan national park (5).jpg
chitwan national park (6).jpg


प्रकाशित : बिहीबार , पुस २९ २०७८०७:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend