आइतबार, जेठ ६ गते २०८१    
images
images

५ महिनामै सवारी एसेम्बल उद्योगमा ३ अर्ब लगानीको प्रस्ताव

एमएडब्लू अटो, सीजी अटोमोटिभ र इ-बोल्ट मोबिलिटी दर्ता

images
शनिबार, पुस २४ २०७८
images
images
५ महिनामै सवारी एसेम्बल उद्योगमा ३ अर्ब लगानीको प्रस्ताव

यता नेपालमा नै उत्पादन/एसेम्बल गर्न आयात हुने सीकेडीमा भने दुई तह छुटको व्यवस्था गरिएको थियो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो ५ महिनामा सवारी उत्पादन गर्न ३ उद्योग दर्ता भएका छन्। यी ३ उद्योगले दुईपांग्रे, चारपांग्रे र विद्युतीय दुईपांग्रे सवारी एसेम्बल गर्न ३ अर्ब ७ करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेका छन्। 

images
images
images

नेपालमा सुजुकीका कार तथा मोटरसाइकल र तीनपांग्रे सवारी बनाउन सीजी अटोमोटिभ इन्डस्ट्रि प्रालि दर्ता भएको छ। त्यसैगरि यामाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लू अटो प्रालि र विद्युतीय स्कुटर एसेम्बल गर्न इ-बोल्ट मोबिलिटी प्रालि दर्ता भएको छ। यी तीनवटै कम्पनी चालु आर्थिक वर्षमा उद्योग विभागमा दर्ता भएका छन्। 

images

सुजुकीका कार तथा मोटरसाइकल र तीन पांग्रे सवारी एसेम्बल गर्न चौधरी समूह अन्तर्गतको सीजी होल्डिङले बाराको परवानीपुरमा उद्योग दर्ता गरेको हो। सो उद्योगको कुल पुँजी १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ रहेको छ। 

images
images

उक्त उद्योगबाट वार्षिक १० हजार दुईपांग्रे, ३ हजार तीनपांग्रे र १० हजार चारपांग्रे सवारी उत्पादनको लक्ष्य रहेको छ। यो उद्योगमा १ सय १३ जनाले रोजगारी पाउने अनुमान गरिएको छ। 

images
images

ठूला उद्योगका रुपमा दर्ता भएको यो उद्योगमा शतप्रतिशत स्वदेशि लगानी हुनेछ। सीजी अटोमोटिभ इन्डस्ट्रि गत साउनमा दर्ता भएको हो। 

त्यस्तै यामाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न समेत एमएडब्लू अटो प्रालि असोजमा दर्ता भएको थियो। एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानी गर्ने गरि उद्योग दर्ता गरेको हो।

मोरङमा स्थापना हुने एमएडब्लू अटो प्रालि १ सय ४४ जनालाई रोजगारी दिने छ भने सो उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने छ। 

शतप्रतिशत स्वदेशी लगानीमा स्थापना हुने एमएडब्लू अटो प्रालि ठूला उद्योगका रुपमा दर्ता भएको उद्योग विभागले जनाएको छ।  

यसैगरि कात्तिक ३० गते इ-बोल्ट मोबिलिटी प्रालि नामक उद्योग दर्ता भएको हो। उक्त उद्योगमा २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको छ। इ-बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्नेछ। 

मझौला उद्योगका रुपमा दर्ता भएको इ-बोल्ट मोबिलिटीले १ सय जनालाई रोजगारी दिने जनाएको छ। पछिल्लो पटक विद्युतीय सवारीको प्रयोग तथा आयात बढ्दै गइरहेको छ। 

नेपालमा सवारी एसेम्बल÷उत्पादनका लागि हालसम्म दुई दर्जनभन्दा बढी उद्योग दर्ता भइसकेका छन्। तर एसेम्बल नै थाल्नेमा हुलास अटो क्राफ्ट र जगदम्बा अटो रहेका छन्। हुलास अटो क्राफ्टले बजाजका मोटरसाइकल र जगदम्बा अटोले टीभीएसका मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्दै आएका छन्। 

एसेम्बलका लागि नयाँ व्यवस्था 

सरकारले चालु आर्थिक वर्षको बजेट प्रतिस्थापन विधयेकमार्फ १ सय २५ सीसीभन्दा माथिका दुईपांग्रे सवारी साधनमा अन्तःशुल्क १० प्रतिशतले बढाइएको थियो। यता नेपालमा नै उत्पादन/एसेम्बल गर्न आयात हुने सीकेडीमा भने दुई तह छुटको व्यवस्था गरिएको थियो। 

नयाँ व्यवस्थासँगै एसेम्बलका लागि आयात हुने मोटरसाइकल तथा स्कुटरको सीकेडीमा २० प्रतिशत मात्र अन्तःशुल्क लाग्ने छ। यसअघि सीकेडीमा एक तह छुट अर्थात १० प्रतिशत छुट हुँदै आएको थियो। प्रतिस्थापन बजेट पूर्व सीकेडी आयातमा ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो। तयारी मोटसाइकल आयात गर्दा भने ४० प्रतिशतदेखि मोटरसाइकलको इन्जिन क्षमताका अनुसार शतप्रतिशतसम्म अन्तःशुल्क लाग्ने व्यवस्था छ। 

मोटरसाइकल तथा स्कुटरको सीकेडीको अन्तःशुल्क घटेको र तयारीमा बढेका कारण होन्डा, हिरोलगायत मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरु पनि नेपालमै एसेम्बल उद्योग स्थापना गर्नुपर्ने दबाबमा परेका छन्। यी कम्पनीहरु पनि एसेम्बल उद्योग दर्ता गर्ने तयारीमा रहेका छन्। 

कोरियाली पार्टपुर्जा उत्पादक कम्पनी मोट्रेक्सले समेत नेपालमा सवारी उत्पादन गर्न उद्योग दर्ता गरेको थियो। मोट्रेक्सले नेपालमा हुन्डाईको कार उत्पादन गर्ने भन्दै १० अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको थियो। 


प्रकाशित : शनिबार, पुस २४ २०७८१०:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend