अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-८ पकुचास्थित निर्माणाधीन धुलिखेल-खावा सडकखण्डमा वर्षाले हिलाम्मे सडकमा बुधबार बिहान कष्टपूर्ण यात्रा गर्दै। घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने उक्त सडकमा दुई वर्षदेखि यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। गत चैतमा निर्माण एवं स्तरोन्नतीको समयावधि सकिएपनि म्याद थपेर निर्माण गर्ने सम्झौता गरिएको थियो। तस्बिर : राजकुमार पराजुली/रासस
प्रतिक्रिया दिनुहोस