आइतबार, साउन ६ गते २०८१    
images
images
images

सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य, क्रसबोर्डर प्रसारण लाइन धमाधम बन्दै

images
मंगलबार, असार २५ २०८१
images
images
सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य, क्रसबोर्डर प्रसारण लाइन धमाधम बन्दै

सन् २०३५ मा बढाएर १७ हजार ४ सय ४६ सर्किट किलोमिटर प्रसारण लाइन र ४० हजार एमभीए सवस्टेशन निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ।

images

काठमाडौं- सरकारले आगामी १० वर्षभित्र १५ हजार मेगावाट विद्युत निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। लक्ष्यअनुसार सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गरेर १५ हजार मेगावाट निर्यात गर्ने लक्ष्य राखेको हो। 

images
images

जुन लक्ष्य पूरा भएमा वार्षिक करोडौँ रुपैयाँ विदेशी मुद्रासमेत आर्जन हुनेछ। नेपाल सरकारले ऊर्जा विकास मार्गचित्रअन्तर्गत राखेको उक्त लक्ष्यअनुसार विभिन्न परियोजनासमेत अगाडि बढाएको नेपाल विद्युत प्राधिकरणका मध्यम भोल्टेज ग्रीड भोल्टेज डिपार्टमेन्टका निर्देशक केदारराज सिलवालले बताए। 

images

सिलवालका अनुसार हाल राष्ट्रिय प्रसारणमा जडित क्षमता ३१५० मेगावाट पुगेको छ भने २२ सय मेगावाटसम्म पिक डिमान्ड पुगेको छ। सरकारी लक्ष्यअनुसार अहिले वार्षिक प्रतिव्यक्ति ३८० युनिटमात्रै बिजुली खपत हुने गरेको छ। तर सन् २०३५ सम्म प्रतिव्यक्ति १५ सय युनिट पुर्‍याउने लक्ष्य राखिएको छ। अहिलेसम्म प्रसारण प्रणाली ५ हजार ७ सय ४२ सर्किट किलोमिटर र ८ सय ८ सय ६७ एमभीए सवस्टेशन निर्माण भइसकेका छन्। 

images

सन् २०३५ मा बढाएर १७ हजार ४ सय ४६ सर्किट किलोमिटर प्रसारण लाइन र ४० हजार एमभीए सवस्टेशन निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ। हाल वार्षिक रुपमा आन्तरिक खपत १२ हजार गिगावाट घण्टा रहेकोमा सन् २०३५ सम्ममा ४० हजार ७ सय १० गिगावाट घण्टा पुर्‍याउने लक्ष्यसमेत राखिएको छ। 

नेपाल भारत विद्युत व्यापारका लागि १५८० मेगावाटका क्रस बोर्डर प्रसारण लाइन तयार भएको छ। अहिले सञ्चालनमा रहेका प्रसारण प्रणालीबाट १५८० मेगावाट बिजुली आयात-निर्यात गर्न सकिन्छ। सन् २०३० सम्म १२७०० मेगावाटको थप क्रस बोर्डरलाइन निर्माण हुँदैछन्।

अहिलेसम्म नेपाल र भारतबीच ढल्केबर-मुजफ्फरपुर ४०० केभीको एउटामात्रै प्रसारण लाइन सञ्चालनमा छ। जसबाट ८०० मेगावाट आदान प्रदान गर्न सकिन्छ। यो प्रसारण लाइनको अधिकतम बहन क्षमता २००० मेगावाट हो। एन माइनस वा क्राइटेरियाका कारण १००० मेगावाट आदान प्रदान गर्न मिल्छ। तर नेपाल र भारतबीच यो प्रसारण लाइनबाट ८०० मेगावाट आदान गर्ने समझदारी छ।

कटैया-कुशाहा १३२ केभी प्रसारण लाइनबाट १२० मेगावाट, कटैया-कुशाहा-दोस्रो १३२ केभी लाइनबाट १६० मेगावाट, रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइनबाट १६० मेगावाट, रामनगर-गण्डक १३२ केभी प्रसारण लाइनबाट ६५ मेगावाट,मैनियाँ-सम्पत्तिया १३२ केभी प्रसारण लाइनबाट १६० मेगावाट, टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारण लाइन ७० मेगावाट ,३३ केभी तथा ११ केभी अन्य प्रसारण लाइनबाट ४ मेगावाट गरी कुल १५८० मेगावाट आयात/निर्यात गर्न सक्छ। नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रसारण लाइन तयार भएर भारतले अहिलेसम्म ६९० मेगावाट बिजुली निर्यातको अनुमति दिएको छ। 

३३३.JPG

ढल्केबर-सीतामढी ४०० केभीको लाइन अन्तिम चरणमा छ। अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली लैजान निर्माण गरिरहेको यो डेडिकेटेडलाइन  हो।

सतलज जलविद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनासँगै प्रसारण लाइन पनि निर्माण गरिरहेको छ। यो प्रसारण लाइन अन्तिम चरणमा छ। जसले २५०० मेगावाट विद्युत प्रसारण गर्न सक्छ। 

नेपालगञ्ज-नानपारा १३२ केभी प्रसारण लाइन २०२५/०२६ भित्र सक्ने लक्ष्यका साथ निर्माण भइरहेको छ। यो प्रसारण लाइनले २०० मेगावाट विद्युत वहन गर्न सक्छ ।

१११.JPG

न्यू बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइन २०२५/०२६ मा सक्ने  गरी निर्माण भइरहेको छ। यो प्रसारण लाइनको क्षमता २५०० मेगावाट हो।

इनरुवा-पुर्निया ४०० केभी प्रसारण लाइन २०२६/०२७ मा सक्ने लक्ष्य छ। यो प्रसारण लाइनले २५०० मेगावाट बिजुली प्रसारण गर्न सक्छ। लम्की-बरेली ४०० केभी प्रसारण लाइन २०२७/०२८ मा सक्ने लक्ष्य छ।

२२२.JPG

२०२९/३० मा सक्ने गरी कोहलपुर-लखनउ ४०० केभी प्रसारण लाइन निर्माण गर्ने योजना छ। यो पनि २५०० मेगावाट क्षमताको हो।


प्रकाशित : मंगलबार, असार २५ २०८१०६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend