शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तीन वर्षमा सक्नुपर्ने उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनको काम ६ वर्षमा पनि सकिएन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ८ २०८१
तीन वर्षमा सक्नुपर्ने उदिपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनको काम ६ वर्षमा पनि सकिएन

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन।

लमजुङ- सामाजिक समस्या तथा जंगल कटानीलगायत कारणले निर्माणाधीन २ सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य निर्धारण भएको तीन अर्ब लागतको परियोजनाको काम छ वर्षमा पनि पूरा भएको छैन। 

हालसम्म ७० प्रतिशतमात्र निर्माण सम्पन्न भएको परियोजनाको उदिपुर-भरतपुर डिभिजन प्रमुख नारायण रेग्मीले बताए। २ सय २० केभी उदिपुर-मार्कीचोक-भरतपुर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सन् २०१८ जनवरी १७ देखि थालिएकामा कोरोना महामारी र वन कटानीलगायत कारणले पूरा हुन नसकेको उनको तर्क छ। 

विसं २०८१ साउन १५ गतेभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीको म्याद थपिएको छ। आयोजनाकाअनुसार लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म ६७ किलोमिटर प्रसारण लाइन पुर्‍याउनका एक सय ९९ वटा टावर आवश्यक पर्नेछन्।

हालसम्म एक सय २० टावरको फाउण्डेशन तयार भएको छ। गोरखा र तनहुँमा गरी १० हजार दुई सय २५ वटा रुख फडानीको तयारी भएको डिभिजन प्रमुख रेग्मीले बताए। लमजुङमा निर्माण हुने ४५ वटा टावरमध्ये ३२ सम्पन्न भइसकेका छन्।
  
मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीच यार्डसम्म लाइन पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन प्रयोग भएको छ। उदिपुरबाट मध्यमर्स्याङ्दीसम्मको छ किलोमिटर खण्डमा १७ वटा टावर छन्। रासस


प्रकाशित : मंगलबार, जेठ ८ २०८११०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend