शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ऊर्जा आयोजनका लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग

बुधबार, जेठ २ २०८१
ऊर्जा आयोजनका लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग

प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरू प्रत्यक्षरुपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न आग्रह।

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग गरेको छ।

बुधबार गृहमन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागु गर्न माग गरेका हुन्।

कार्कीले प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरू प्रत्यक्षरुपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे।

भेटमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिबद्ध रहेको बताए।

मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ती र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधै सहयोग गर्ने पनि बनाए। उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे।

गृह मन्त्रालयमा भएको उक्त भेटमा इप्पान अध्यक्ष गणेश कार्कीसहित उपाध्यक्ष रामप्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए।


प्रकाशित : बुधबार, जेठ २ २०८११७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend