शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ईभी ट्याक्सीको कमाइले सन्तुष्ट छु, चलाउन पनि सहज छ

ईभी ट्याक्सीको कमाइले सन्तुष्ट छु, चलाउन पनि सहज छ

तेल हालेर चलाउनुपर्ने हुँदा पैसा अर्काको देशमा जान्थ्यो। अहिले आफ्नै देशको विद्युतबाट आफैले कमाएर खान पाइरहेको छु, खुसी छु।

२०७१ सालमा दुई/तीन महिना ट्याक्सी चलाएको थिएँ। त्यो समय ट्याक्सी खासै राम्रो पनि परेनछ, त्यही भएर पनि चलाउन छाडिदिएँ। त्यसपछि प्राइभेट गाडीहरू चलाइरहेको थिएँ। भ्यानमा सेल्समा पनि हिँडे।

अहिले गएको चार महिनादेखि चाहिँ टाटाको विद्युतीय ट्याक्सी चलाइरहेको छु। ईभी पहिलेदेखि नै मन परेको हो। त्यही भएर ईभी चलाउने भनेर एकवर्ष अघिदेखि नै सोचिरहेको थिएँ। गएको पुस ४ गते लिएर चलाउन थालेँ। ट्याक्सी लाइनमा योबाट राम्रो भइरहेको छ।

अरु गाडीमा हो भने तेलमा खर्च हुन्थ्यो। तेल पनि बढिरहने गर्दा समस्या नै हुन्थ्यो। यसमा चाहिँ चार्जबाट चलाउने हुँदा आफ्नै देशको बिजुलीले भयो। तेल हालेर चलाउनुपर्ने हुँदा पैसा अर्काको देशमा जान्थ्यो। अहिले आफ्नै देशको विद्युतबाट आफैले कमाएर खान पाइरहेको छु, खुसी छु।   

आम्दानी पनि राम्रो नै छ। अहिले धेरै यात्रु त अनलाइनबाट नै आउँछन्। खट्न सक्दा दिनमा चार हजार रुपैयाँसम्म पनि हुन्छ। धेरै खट्न नसक्दा पनि दिनमा २५ सय/तीन हजार रुपैयाँसम्म हुन्छ।

बिजुलीको लागि महिनामा पाँच हजार रुपैयाँ जतिले पुगेको छ। आम्दानी महिनामा १ लाख २० हजार रुपैयाँजति भइरहेको छ। राम्रो प्रविधिको गाडी भएकाले अलिकति महँगो भए पनि सबै हिसाबले सोच्दा सन्तुष्ट छु। चार्जिङलगायतका विषयमा समस्या छैन। सर्भिसका लागि चाहिँ ठाउँहरू अलि बढी भए सजिलो हुन्थ्यो।

उपत्यकाबाहिर जाँदा पनि समस्या छैन। चार्जिङ स्टेसनहरू त ठाउँठाउँमा छन्। विद्युतीय ट्याक्सी चलाएर खुसी छु।


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend