बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

जीवनयापनका लागि सबैभन्दा महँगो काठमाडौं, सस्तो मधेस प्रदेश

images
बुधबार, फागुन २ २०८०
images
जीवनयापनका लागि सबैभन्दा महँगो काठमाडौं, सस्तो मधेस प्रदेश

खाद्यदेखि गैरखाद्यसम्मका वस्तुमा मान्छेको सामान्य जीवनयापनका लागि चाहिने अनिवार्य वस्तुको पहिचान गर्दै त्यसको लागत निकालेर यस्तो रकम निकालिएको हो।

images
images

काठमाडौं- नेपालमा मान्छेलाई बाँच्नका लागि सबैभन्दा महँगो लागत काठमाडौंमा पर्ने देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण प्रतिवेदनले सबैभन्दा महँगो ठाउँ संघीय राजधानी काठमाडौंलाई देखाएको छ। 

images
images
images

योजना आयोगले सर्वेक्षण विधिबाट लिएको तथ्यांकअनुसार खपतका आधारमा बाँच्नका लागि न्यूनतम रुपमा चाहिने लागतको आँकडा निकालेको छ। 

images
images

खाद्यदेखि गैरखाद्यसम्मका वस्तुमा मान्छेको सामान्य जीवनयापनका लागि चाहिने अनिवार्य वस्तुको पहिचान गर्दै त्यसको लागत निकालेर यस्तो रकम निकालिएको हो। 

images
images

नेपालभरको औसत रुपमा एकजना मान्छेलाई न्यूनतम रुपमा आवश्यकता पूरा गर्नका लागि वार्षिक ७२ हजार रुपैयाँ चाहिन्छ। यदि यो पूरा नभएमा त्यो गरिबीमा पर्छ। 

यो हिसाबले सबैभन्दा धेरै लागत काठमाडौं उपत्यकाको छ। काठमाडौंमा १ लाख २९ हजार ९ सय ३४ रुपैयाँ आवश्यकता पर्ने देखिन्छ।

त्यस्तै सबैभन्दा सस्तो भने मधेस प्रदेशमा देखिएको छ। मधेसको ग्रामीण क्षेत्रमा वार्षिक ४७ हजार रुपैयाँ र सहरमा ५३ हजार रुपैयाँ चाहिने देखिएको छ। 

दोस्रो महँगो गण्डकी प्रदेशमा देखिएको छ। गण्डकीको सहरी क्षेत्रमा ९२ हजार रुपैयाँ चाहिन्छ। कर्णालीमा ६२ हजार र सुदूरपश्चिममा ६७ हजार रुपैयाँ आवश्यक हुने देखिन्छ। सुदूरपश्चिममा गरिबी दर सबैभन्दा उच्च रहेको छ। 

Screenshot 2024-02-13 at 18.46.50.png


प्रकाशित : बुधबार, फागुन २ २०८०१०:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend