बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ

images
मंगलबार, फागुन १ २०८०
images
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ।

images
images
images

प्रहरीको विमानस्थल सुरक्षा कार्यालयको टोलीले फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ की १९ वर्षीय सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

images
images

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फका प्रस्थान होल्ड ब्यागेज जाँच गर्ने क्रममा झोलाभित्र साउदी रियल एक लाख ४९ हजार र युएई दिराम १० हजारसहित गोलेलाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

images
images

उनका अनुसार गोलेलाई पक्राउ गरेपछि मुद्रा सम्बन्धमा सोधपुछ गर्दा उक्त रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ का ३४ वर्षीय माइला स्याङ्बोले दिएको खुलेपछि स्याङ्बोलाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि आज राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, फागुन १ २०८०१८:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend