दाङको घोराही उपमहानगरपालिका-७ शुक्रवारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र मानिने सर्यु नदीको मुहान बबई नदी। उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नामाकरण गरेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस