काठमाडौं- भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ।
भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्। सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।
यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन्। त्यहाँ मानवीय क्षति भएको छैन।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडामा केन्द्रबिन्दु बनाइ ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो।
तस्बिरहरु : रासस
![Jajarkot - earthquake (1).JPG](https://biznessnews.com/media-file/images/2023/11/1699077274-oLs7m.jpg)
![Jajarkot - earthquake (9).jpg](https://biznessnews.com/media-file/images/2023/11/1699077276-1a5e3.jpg)
![Jajarkot - earthquake (4).JPG](https://biznessnews.com/media-file/images/2023/11/1699077275-qqMha.jpg)
![Jajarkot - earthquake (5).JPG](https://biznessnews.com/media-file/images/2023/11/1699077275-EROTJ.jpg)
![Jajarkot - earthquake (6).JPG](https://biznessnews.com/media-file/images/2023/11/1699077275-v6bnF.jpg)
![Jajarkot - earthquake (7).JPG](https://biznessnews.com/media-file/images/2023/11/1699077276-0h0lt.jpg)
![Rukum - jajarkotearthquake.JPG](https://biznessnews.com/media-file/images/2023/11/1699078679-UyI6J.jpg)