बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
प्रकाशकीय

सूचना, सोच र विश्वसनीयता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
सूचना, सोच र विश्वसनीयता

विद्युतीय पत्रकारिताको आधार फराकिलो हुँदै गएको विद्यमान परिस्थितिमा अर्थतन्त्रका तीन पक्षहरू आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेट्ने मुख्य उद्देश्यले बिजनेस भेन्चर प्रालिले आर्थिक अनलाइन बिजनेस न्यूज सञ्चालनमा ल्याएको हो।

नेपालको आर्थिक पत्रकारितामा फरक आयाम थप्ने उद्देश्यले बिजनेस न्यूज डटकम पाठकमाझ आएको छ। 

विद्युतीय पत्रकारिताको आधार फराकिलो हुँदै गएको विद्यमान परिस्थितिमा अर्थतन्त्रका तीन पक्षहरू आर्थिक नीति निर्माता, निजी क्षेत्र र उपभोक्ताका मुद्दा समेट्ने मुख्य उद्देश्यले बिजनेस भेन्चर प्रालिले आर्थिक अनलाइन बिजनेस न्यूज डटकम सञ्चालनमा ल्याएको हो।

आर्थिक समाचार र यससँग जोडिएका विषयवस्तुमा रुचि राख्ने पाठक सामु बिजनेस न्यूज सबैभन्दा भरपर्दो विकल्पका रूपमा प्रस्तुत हुनेछ। विश्वसनीय समाचार सम्प्रेषणलाई मूल मन्त्र मानेर हरपल पाठकको साथमा रहने हाम्रो प्रण छ। समाचारमा वस्तुनिष्ठ र तथ्यपरक सूचना उत्खनन् गरी समाचारका रूपमा पाठकसमक्ष प्रस्तुत गर्नेछौँ। 

अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रमा नबाहिरिएका तर आम पाठकले जान्नुपर्ने विषयवस्तुको सुरुवात गर्दै त्यसलाई निरन्तर पछ्याउने छौँ। विषय सुरू गर्ने मात्र होइन त्यसलाई निचोडमा पुर्‍याउनमा पनि हाम्रो ध्यान रहने छ। आर्थिक समाचार र विचारको सँगालोको रूपमा पाठकको चाहना पूरा गर्ने प्रतिवद्धता बिजनेस न्यूज गर्दछ। 

प्रविधिले जीवनशैलीमा ल्याएको परिवर्तनले अहिले हत्केलामा संसार घुमिरहेको छ। अनलाइन पत्रकारिताको क्षेत्र फराकिलो हुँदै गइरहेको छ। यसलाई ध्यान दिँदै मल्टिमिडिया पत्रकारितालाई पनि जोड दिने गरी अघि बढ्नेछौँ। 

प्रविधिले ल्याएको परिवर्तनले जसरी जीवनशैलीलाई सजिलो बनाएको छ त्यसैगरी समाजमा असमानता, अन्याय र अनियमितताका मुद्दाहरू पनि थपिएका छन्। बदलिँदो परिवेशमा विकसित यस्ता हरेक विषयमा हाम्रो पत्रकारिताको नजर हुने छ। 

हरेक अनियमितताको जालो हामी नै तोड्छौ भन्ने दाबी गर्दैनौँ तर त्यसका लागि हामी हरसम्भव इमान्दार प्रयास भने अवश्य गर्ने छौँ। 

यसै पनि जटिल र प्राविधिक मानिने आर्थिक विषय वस्तुलाई सर्वसाधारणले बुझ्ने भाषा र शैलीमा समाचार, विचार र विश्लेषण दिने हाम्रो प्रयास हुने छ।  

आर्थिक समाचारको मुख्य पाटो तथ्य र तथ्यांक हो। तर हामी तथ्यांक भनेको अंकहरूको संगालो थोपर्ने होइन तथ्यांकभित्रको जीवनलाई समाचारको रुपमा दिनेमा विश्वास दिलाउन चाहन्छौँ। हामी सूचना, त्यसबाट निर्माण हुने सोच र विश्वसनीयतालाई ध्यानमा राख्नेछौँ। 

हाम्रा लागि समाचारको लम्बाइ, चौडाइ र गहिराइ सबै पाठकको केन्द्रमा रहनेछ। सञ्चार क्षेत्र व्यवसायका रुपमा चिनिने भए पनि समाजमा पत्रकारिताको भूमिका हामीले बुझेका छौँ, त्यसबाट विचलित नहुनेमा हामी समाचारमार्फत विश्वास दिलाउने छौँ। 


प्रकाशित : सोमबार, भदौ २१ २०७८०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend