बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्थ मन्त्रालयको कार्यक्रम छोडेर पार्टीको कार्यक्रममा योजना आयोगका उपाध्यक्ष श्रेष्ठ

बुधबार, जेठ २४ २०८०
अर्थ मन्त्रालयको कार्यक्रम छोडेर पार्टीको कार्यक्रममा योजना आयोगका उपाध्यक्ष श्रेष्ठ

सुवर्ण हलको ‘हेड’तर्फ अर्थमन्त्रीलाई बीचमा राखेर अर्थसचिव बायाँ र योजना आयोगका उपाध्यक्ष दायाँ बस्ने चलन छ। अर्थसचिवसँगै राजस्व सचिव बस्छन् भने योजना आयोगका उपाध्यक्षसँगै राष्ट्र बैङ्कका गभर्नर। सरकारले ल्याएको वित्त नीतिका बहुआयामिक प्रश्नमा उनीहरूले मन्त्रीसँगै जवाफ दिने गर्छन्। 

काठमाडौं- जेठ १६ अर्थात् हरेक वर्ष संसदमा बजेट प्रस्तुत भएको भोलिपल्ट अर्थ मन्त्रालयको सुवर्ण हलमा एउटा पत्रकार सम्मेलन आयोजना हुन्छ। अघिल्लो दिन आफूले ल्याएको बजेटमाथि पत्रकारले उठाउने प्रश्नको जवाफ दिन अर्थमन्त्री आफ्नो टिमसहित त्यहाँ उपस्थित हुन्छन्। 

यो पत्रकार सम्मेलनमा सामान्यतया अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थसचिव सहितका उच्चपदस्थ अधिकारीहरू सहभागी हुने परम्परा छ। विनियोजन, राजस्वका नीतिहरू, आर्थिक योजना लगायतका विषयमा सवालजवाफ हुने पत्रकार सम्मेलन हरेक वर्ष उसैगरी आयोजना हुन्छ र सहभागी पनि उनै हुने गर्छन्। 

सुवर्ण हलको ‘हेड’तर्फ अर्थमन्त्रीलाई बीचमा राखेर अर्थसचिव बायाँ र योजना आयोगका उपाध्यक्ष दायाँ बस्ने चलन छ। अर्थसचिवसँगै राजस्व सचिव बस्छन् भने योजना आयोगका उपाध्यक्षसँगै राष्ट्र बैंकका गभर्नर। सरकारले ल्याएको वित्त नीतिका बहुआयामिक प्रश्नमा उनीहरूले मन्त्रीसँगै जवाफ दिने गर्छन्। 

कतिपय अवस्थामा गैरअर्थशास्त्री अर्थमन्त्री हुँदा योजना आयोगका उपाध्यक्ष र अर्थसचिवले नै बजेटको बचाउ गर्ने गरेको पनि देखिन्छ। 

२०८० जेठ १६ गते भने सुवर्ण हलमा फरक दृश्य देखियो। 

अर्थमन्त्री डा प्रकाशशरण महतले आयोजना गरेको पत्रकार सम्मेलन योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बहिष्कार गरे। यो पत्रकार सम्मेलनमा अर्थमन्त्री महतको दाँया राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी थिए भने उनी लगत्तै अर्थ मन्त्रालयका सल्लाहकार डा विश्व पौडेल बसे। मन्त्रीको बाँयातर्फ अर्थसचिव अर्जुनप्रसाद पोखरेल र सहसचिव धनीराम शर्मा देखिन्थे। 

अर्थ मन्त्रालयको पत्रकार सम्मेलन गरेर कहाँ गएका थिए त योजना आयोगका उपाध्यक्ष श्रेष्ठ? 

बिजनेस न्युजलाई स्रोतहरूले बताए अनुसार योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र सदस्य डा रामकुमार फुँयाल अर्थ मन्त्रालय नगइ पार्टीको काममा गएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रणमको विषयमा छलफल गर्न माओवादी केन्द्रले गरेको बैठकमा सरकारी गाडी चढेर पुगेका थिए श्रेष्ठ र फुँयाल। 

'म अर्कै काममा जानुपरेकाले त्यहाँ जान पाइन,’ श्रेष्ठले आयोगका अन्य सदस्यहरूसँग भनेका थिए। 

श्रेष्ठ र फुँयाल दुवै माओवादी कोटाबाट योजना आयोग भित्रिएका हुन्। उपाध्यक्षको रूपमा श्रेष्ठको यो दोस्रो कार्यकाल हो भने फुँयाल २०७४ सालदेखि आयोगमै छन्। योजना आयोगको उपाध्यक्ष हुन नपाएपछि रन्थनिएका फुँयाल सदस्यमै चित्त बुझाइरहेका छन्। 

श्रेष्ठ अघिल्लो पटक उपाध्यक्ष हुँदा पनि अर्थ मन्त्रालयसँग पानी बाराबारको स्थितिमा थिए। तत्कालीन् अर्थसचिव शान्तराज सुवेदी र उनको बोलचाल नै बन्दको अवस्था थियो। त्यतिबेलाका अर्थमन्त्री कृष्णबहादुर महरालाई सुवेदी र श्रेष्ठ मिलाउन हम्मेहम्मे परेको थियो। 

ए त्यो आएको छ, उसो भए म जान्न, कुनै सार्वजनिक कार्यक्रममा सँगै जानुपरे उनीहरू यस्तै टिप्पणी गर्थे। महराको सचिवालयमा काम गरेका एक कर्मचारीका अनुसार अर्थसचिव र योजना आयोगका उपाध्यक्षको द्वन्द्वले बजेट निर्माण नै प्रभावित बनेको थियो।


प्रकाशित : बुधबार, जेठ २४ २०८००३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend