शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दाहाल र देउवा दाहिना हुँदा रामचन्द्र पौडेल बने मुलुकको तेस्रो राष्ट्रपति 

बिहीबार , फागुन २५ २०७९
दाहाल र देउवा दाहिना हुँदा रामचन्द्र पौडेल बने मुलुकको तेस्रो राष्ट्रपति 

विगतमा कांग्रेसभित्र विवाद हुँदा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामात्रै होइन शेरबहादुर देउवा मिलाउनसमेत मध्यमार्गी भूमिकामा पौडेल देखिएका थिए।

काठमाडौं- मध्यमार्गी धारलाई सदैव आत्मसाथ गरेका कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्।

कांग्रेसमात्रै नभएर अन्य पार्टी मिलाउनसमेत मध्यमार्गी भूमिका निर्वाह गर्दै आएका पौडेललाई यसपटक भने कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले साथ दिँदा राष्ट्रपति बन्ने अवसर मिल्यो।

विगतमा १७ पटकसम्म प्रधानमन्त्री उम्मेदवार बनेर हार व्यहोरेको दृष्टान्तमा प्रस्तुत हुने गरेका पौडेल राष्ट्रपतिमा भने अत्याधिक मतसहित विजयी बने।

paudel and prachanda.jpg
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई दिँदै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल।

विगतमा कांग्रेसभित्र विवाद हुँदा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामात्रै होइन शेरबहादुर देउवा मिलाउनसमेत मध्यमार्गी भूमिकामा पौडेल देखिएका थिए।

देउवाका समकालीन नेता पौडेललाई यसपटक पनि रोक्न भने प्रयास नभएको होइन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपति बन्न चासो दिएका थिए। तर गत १४ औँ महाधिवेशनमा लगाएको गुन तिर्नकै लागि भने पनि देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाए। विगतमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका पौडेलले राष्ट्रपति बन्ने सर्तमै १४ औँ महाधिवेशनमा देउवालाई साथ दिएका थिए।

विसं २००१ असोज २९ गते तनहुँ व्यास नगरपालिका-८ मा जन्मिएका पौडेलेका चार छोरी र एक छोरा छन्। 

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ। संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ। पौडेलले संविधानको मर्मअनुरुप पदको गरिमा जोगाउनेगरी काम गर्ने बताउँदै आएका छन्। 

नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल

 

 


प्रकाशित : बिहीबार , फागुन २५ २०७९११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend