शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

थालियो जयनगर-जनकपुर-बर्दिवास रेलका लागि जग्गा अधिग्रहण 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ४ २०७८
थालियो जयनगर-जनकपुर-बर्दिवास रेलका लागि जग्गा अधिग्रहण 

सरकारले जयनगर-जनकपुर-बर्दिवास रेल्वेको रेखांकन र स्टेशनमा पर्ने जग्गाको मूल्य निर्धारण गरेको छ। मुआब्जा दर\रेट समितिले प्रति कट्ठा अधिकतम् ८१ लाख रुपैयाँसम्म निर्धारण गरेको छ।

काठमाडौं- सरकारले जयनगर-जनकपुर-बर्दिवास रेल्वेको रेखांकन र स्टेशनमा पर्ने जग्गाको मूल्य निर्धारण गरेको छ। मुआब्जा दर\रेट समितिले प्रति कट्ठा अधिकतम् ८१ लाख रुपैयाँसम्म निर्धारण गरेको छ।

त्यस्तै न्यूनतम मूल्य सात लाख रुपैयाँ कट्ठा निर्धारण गरेको हो। सर्वाधिक महँगो निर्धारण गरिएको जग्गा बर्दिवास पूर्व-पश्चिम राजमार्गबाट औरही जलेश्वर जाने मूल सडकसँग जोडिएका ३० मिटरसम्मका जग्गा हुन्।

प्रमुख जिल्ला अधिकारिकको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले जग्गाको मूल्य तोकेको हो। जिल्ला प्रशासन कार्यालय महोत्तरीले जग्गाको मूल्य निर्धारण गरेको सूचना शुक्रबार प्रकाशित गरेको हो।

rail jagga muabja.jpeg

दोस्रो महँगो जग्गा ५३ लाख रुपैयाँ कट्ठा निर्धारण गरिएको छ। यो पनि औरही जलेश्वर जाने मूल सडकसँग जोडिएको हो। तर यो ६० मिटरसम्मका जग्गाहरुको दर हो। तेस्रो महँगो जग्गा पूर्व-पश्चिम राजमार्ग नमुना मुसहर बस्ती जाने बाटोसँग जोडिएको ३० मिटरसम्म पर्ने जग्गाहरु छन्।

सरकारले रेलमार्ग निर्माणका लागि जग्गा अधिग्रहण सुरु गरेको हो। 


प्रकाशित : शुक्रबार, भदौ ४ २०७८०६:४२
  • सम्बन्धित विषय:

  • # रेल
  • # पूर्वपश्चिमरेल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend