बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
बेमौसमी वर्षाले सास्ती [तस्बिरहरू]

बेमौसमी वर्षाले सास्ती [तस्बिरहरू]

बिजनेस न्युज

काठमाडौं- लगातारको वर्षाले देशभर जनजीवन प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा यात्रामा हुने सास्तीसँगै भित्र्याउन तयार धानबाली लगायत कृषि उपज बिग्रिँदा करोडौँ रुपैयाँ नोक्सान भएको छ।  

दसैँको बिदामा भ्रमणमा निस्किएका यात्रीसँगै बिदा सकिएर काममा फर्कनेहरूलाई मर्का परिरहेको छ। कतिपय सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् भने कतिपय एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा परिरहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अझै केही दिन वर्षाको सम्भावना कायमै छ।

यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ। डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक/एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ। मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ। 

बेनी-मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे-अछाम-बाजुरा सडकखण्ड, बझाङ्को जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी-कोल्टी र साँफे-मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।  

buduwal.jpg

[सबै तस्बिरहरू रासस]


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend