शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गृहमन्त्री रवि लामिछानेको सबै पद खारेज

शुक्रबार, माघ १३ २०७९
गृहमन्त्री रवि लामिछानेको सबै पद खारेज

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने विरुध सर्वोच्चमा परेको रिटको फैसला आएको छ।

सर्वोच्चको संवैधानिक इजालसले रवि विरुद्ध परेको रिटलाई सदर गरेको हो। योसँगै रवीको सांसद पद, मन्त्री तथा पार्टी सभापति पद गुमेको छ।

उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।


प्रकाशित : शुक्रबार, माघ १३ २०७९१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend