शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेमकिपाले माग्यो प्रमुख प्रतिपक्षी दलको हैसियत 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ५ २०७९
नेमकिपाले माग्यो प्रमुख प्रतिपक्षी दलको हैसियत 

संसदीय प्रजातन्त्रमा सरकारलाई विश्वसको मत नदिने पार्टीमात्र विपक्षी दल हुने परम्परा रहेको स्मरण गराउँदै सांसद सुवालले नेमकिपा त्यसको स्वभाविक दावेदार भएको बताए। 

काठमाडौं- नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले प्रतिनिधिसभामा विपक्षी दलको हैसियत मागेको छ। 

आजको बैठकमा बोल्दै नेमकिपाका सांसद प्रेम सुवालले अहिलेको सन्दर्भमा आफ्नो पार्टी नै विपक्षी दलको हकदार भएको बताए। 

संसदीय प्रजातन्त्रमा सरकारलाई विश्वसको मत नदिने पार्टीमात्र विपक्षी दल हुने परम्परा रहेको स्मरण गराउँदै सांसद सुवालले नेमकिपा त्यसको स्वभाविक दावेदार भएको बताए। 

नेपाली कांग्रेस लगायतका सबै दलले सरकारलाई विश्वासको मत दिएको र मत नदिनेमध्ये दलको १० प्रतिशत सांसद संख्या नभएकाले सभामुखले प्रमुख प्रतिपक्षी दल तोक्ने व्यवस्था रहेको उनको भनाइ छ। 

'यही व्यवस्था अनुसार नेपाल मजदुर किसान पार्टी स्वभाविक दावेदार हो र सभामुखले तोकिदिनुपर्छ' उनल भने। 

प्रकाशित : बिहीबार , माघ ५ २०७९०५:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend