शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

मंगलबार, पुस २६ २०७९
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौं- प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन्। उनको पक्षमा २ सय ६८ र विपक्षमा दुई मत परेको हो। बैठकमा २ सय ७० सांसदको उपस्थिति रहेको थियो।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। धारा ७६ उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्नेछ।

उनलाई संसदमा सहभागी नेपाल मजदूर किसान पार्टी र जनमोर्चाका दुई सांसदबाहेक सबैले विश्वासको मत दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांगेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि विश्वासको मत दिएका छन्।


प्रकाशित : मंगलबार, पुस २६ २०७९११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend