शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने, संसद प्रतिपक्षविहीन 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २६ २०७९
नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने, संसद प्रतिपक्षविहीन 

यो निर्णयमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले भने लिखित असहमति राखेका छन्। कांग्रेसको यो निर्णयसँगै संसद प्रतिपक्षविहिन भएको छ। 

काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेसले यस्तो निर्णय गरेको हो। 

यो निर्णयमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले भने लिखित असहमति राखेका छन्। कांग्रेसको यो निर्णयसँगै संसद प्रतिपक्षविहिन भएको छ। 

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल  कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै अब संसदमा प्रतिपक्ष हैसियतको दल नहुने भएको छ। सरकारकाविरुद्धमा मतदात गर्ने अहिलेसम्म दुई पार्टीमात्र बचेका छन्। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने विपक्षमा मतदान गर्नेछन्। 

विपक्षमा मतदान गर्ने भएपनि प्रतिपक्षी दलको हैसियत पाउनका लागि १० प्रतिशत हुनुपर्ने व्यवस्था छ। यही कारणले संसद प्रतिपक्षीविहिन हुने भएको हो। 

संसदीय लोकतन्त्रमा सत्ता पक्ष र विपक्ष हुँदा सन्तुलन हुने भएपनि लोकतान्त्रिक भनिएको पार्टी कांग्रेसले नै संसदलाई प्रतिपक्षीविहिन बनाएको छ। 


प्रकाशित : मंगलबार, पुस २६ २०७९०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend