शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड, भोलि शपथ

आइतबार, पुस १० २०७९
तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड, भोलि शपथ
तस्बिर: रासस

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन्। आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी हुन्।

संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्रीको शपथ भोलि सोमबार दिउँसो ४ बजेलाई तय भएको जनाइएको छ। 

यसअघि प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कुल १ सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए। राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिएर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन्। 

प्रचण्ड यसअघि २०६५ मा ९ महिना र २०७३ मा ९ महिना प्रधानमन्त्री बनेका थिए।

rapa patra.jpg

१६९ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता १६९ सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दर्ता


प्रकाशित : आइतबार, पुस १० २०७९१२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend