शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दै

आइतबार, पुस १० २०७९
एमालेसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएसँगै काँग्रेससहितको गठबन्धन टुटेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएसँगै दाहालको नेतृत्वमा सरकार बन्न बाटो खुलेको हो। दाहाल तेस्रो पटक प्रधानमन्त्री बन्ने छन्।

ओली निबास बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको बैठकले प्रधानमन्त्री प्रचण्डलाई बनाउने समझदारी गरेका हुन्। 

अहिलेसम्म १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी गर्न पाँच बजेभित्र राष्ट्रपति कार्यालयमा शितल निवास जाने तयारी गरिएको छ।

बालकोट बैठकले दाहाल साढे २ वर्ष प्रधानमन्त्री बन्ने छन्। त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्ने छ। बहुमत सदस्यसहितको सरकार बनाउन सरकार १३८ सिट चाहिन्छ। नयाँ गठबन्धनसँग १६६ सिट संख्या रहेको दाबी गरिएको छ। अहिलेलाई एमालेले राष्ट्रपति पाउने छ। शक्ति बाँडफाँटको अन्य विषयहरुबारे पछि निर्णय गरिने बताइएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई प्रधानमन्त्री नदिने भनेपछि उनी गठबन्धन बैठक छाडेर ओली निवास बालकोट पुगेका थिए। 

 


प्रकाशित : आइतबार, पुस १० २०७९११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend