शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

बुधबार, पुस ६ २०७९
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी
फाइल तस्बिर

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका हुन्।

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पराजित गर्दै संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका हुन्।

उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री एवं काठमाडौं-४ का सांसद गगन थापा २५ मत पाए। कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका हुन्। 


प्रकाशित : बुधबार, पुस ६ २०७९०५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend