शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

कांग्रेस समानुपातिक सांसद सिफारिसमा प्रधानमन्त्री देउवा र  गृहमन्त्री बालकृष्ण खाँडको श्रीमतिसम्म (सूचीसहित)

शनिबार, मंसिर २४ २०७९
कांग्रेस समानुपातिक सांसद सिफारिसमा प्रधानमन्त्री देउवा र  गृहमन्त्री बालकृष्ण खाँडको श्रीमतिसम्म (सूचीसहित)

कांग्रेसले पार्टीको १४औं महाधिवेसनमा महामन्त्री हारेका प्रकाशशरण महत र पार्टी सभापतिमा हारेका विमलेन्द्र निधीलाई समेत सिफारिस गरेको छ।

काठमाडौं- प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर सिट संख्याको आधारमा संसदको पहिलो पार्टी बनेको नेपाली कांग्रेसले समानुपातितर्फको उम्मेदवारको नाम टुंगो लगाएको छ।

कांग्रेसले समानुपातिमा ३२ सिट पाउने छ। कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको थियो। आज बसेको पार्टी पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएको हो।

जसमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रत्यक्षमा निर्वाचन हारेको गृहमन्त्री बालकृष्ण खाँडको श्रीमतिसमेत समानुपातिक सिफारिस भएका छन्। कांग्रेसले पार्टीको १४औं महाधिवेसनमा महामन्त्री हारेका प्रकाशशरण महत र पार्टी सभापतिमा हारेका विमलेन्द्र निधीलाई समेत सिफारिस गरेको छ।

तर आदिवासी जनजातिको नम्बर १ मा रहेका गोपानमान श्रेष्ठलाई हटाएर दलिततर्फका नम्बर १ मा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परिवार सिफारिसमा परेका छन्।

कांग्रेस सामानुपातिमा सिफारिस परेका नेताहरु

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय

२. लिलादेवी बोखिम

३. सीता कुमारी राना

४. सुशीला थिङ

५, सपना राजभण्डारी

६ माया राई

७. कुसुम थापामगर

८ मनोरमा सेरचन

खस/आर्यतर्फ

१. अम्बिका बस्नेत

२. सरिता प्रसाईं

३. आरजु राणा देउवा

४. ईश्वरी न्यौपाने

५. प्रतिमा गौतम

६. मञ्जु खाँण

७. रमा कोइराला पौडेल

८. कान्तिका सेजुवाल

९. मैना रावल कार्की

मधेसीतर्फ

१. नागिना यादव

२. मुक्ता कुमारी यादव

३. चन्दा चौधरी

४. संगिता मण्डल

५. निनुकुमारी कर्ण

दलिततर्फ

१. शान्ति विक

२. रुपा विक

३. सीता मिजार

४. आशा विक

थारुतर्फ

१ कल्पना चौधरी

२. विना कुमारी थनेत

मुस्लिमतर्फ

१ जावेदा खातुन् जागा

तीनजना पुरुष विकल्पसहित

१. जीवन  परियार

२. विमलेन्द्र निधि

३. प्रकाशशरण महत

निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ। आफ्नो पार्टीबाट नाम चयन गर्दै सिफारिस गर्न अन्य राजनीतिक दलको बैठक पनि अहिले बसिरहेका छन्।


प्रकाशित : शनिबार, मंसिर २४ २०७९०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend